पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाले शत प्रतिशत अनुदानमा दिइएको अकबरे खुर्सानीको बिउ वितरण गर्ने क्रममा रिब्दीकोट गाउँपालिका विवादमा परेको छ । मिति २०८०/१०/११ गतेको दिन वितरण गरिएको अकबरे खुर्सानीको बिउ बाडने क्रममा कुहिएको बिउ परेको हुँदा रिब्दीकोट गाउँपालिकाको ४ नं. वडा भैरवस्थान कार्यालयमा विउ वितरण कार्य नै स्थगित हुँन पुगेको थियो ।
बिउँ गुणस्तर नभएको र दुई थरी बिउ कृषकहरु माझ बाडिएकोमो उक्त बिउ नउम्रने पो होकी भन्ने कृषकहरुको गुनासोलाई समेट्दै स्थानीय बल बहादुर रायमाझीले बताउनु भयो । उक्त अकबरे खुर्सानीको बिउ मकवानपुर जिल्ला थाहा नगरपालिकाबाट खरिद गरि ल्याइएको थियो । यस विषयमा पालिकाका खरिदकर्ता सँग गरिएको कुराकानीमा त्यहाँबाट उक्त बिउ प्रति के.जी रु. ३० हजारमा १० के.जी खरिद गरि ल्याइएको र १५४ के.जी रु. ३५० मा खुर्सानीको कोसे बिउ ल्याई पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उद्योगबाट ड्रायर गरि निकालिएको थियो । जस बिउको प्याकेट मध्धे केहि प्याकेटका बिउका दानामा ढुसी लागेको, प्वाल परेको र फोहोर मिसिएको थियो भन्दै ग्रडिङमा समस्या रहेको हुँदा पनि यस्तो अवस्था आएको भन्ने कुरा स्विकार गर्दै रिब्दीकोट गाउँपालिकाका कृषि शाखा ना.प्र.शा(चौथो) रन्जिँव कुँवरले बताउनुभयो ।
आगामी दिनहरुमा यस्ता किसिमका समस्याहरु नदोहोरिनको लागि समयमै सरकारको ध्यान जान जरुरी देखिन्छ ।











