पाल्पा रैनादेवी छहरा गाउँपालिकामा पालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विवाद भए पछि सबै बिधाका खेलहरु स्थगीत भएका छन ।
पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सन्चालन भएको दौड प्रतियोगितामा रेफ्रीको गलत निणर्य भएको आरोप लगाउदै भैरव माविले निणर्य सच्चाउन माग राखेर निबेदन दिएको थियो । उता कालिका माविले भैरव माविका बिधाथीैहरु १८ वर्ष उमेर भन्दा बढी उमेर समुहका बिधार्थीलाई प्रतियोगितामा सहभागी गराएको दावी सहित निबेदन दर्ता गरेको थियो । बिभिन्न बिधालयले आयोजकलाई दिएको निबेदन माथी छलफल गदै ९ गते दिउसो २ बजे बाट स्थगीत भएको खेल १० गते बिहान बिधालयका प्रअ र खेल समिति बिच छलफल भए पछी खेल सुचारु गर्ने निर्णय अनुसार खेल सूरु भएको प्रतियोगिताका संयोजक राजाराम भाटले बताउनुभयो । तेस्रो दिन केही बिधाका खेल सन्चालन हुदै गर्दा भैरव माविले कुनै पनि खेलमा आफ्नो बिधालय सहभागी नगराउने भन्दै खेल मैदान बाट बाहिर निस्के पछि भैरव माविका बिधार्थीलाई आयोजकलले कालीका मावि संग भोलीबल खेलाएको भन्दै खेल मैदानमा पुन बववाद सुरु भए संगै सुरक्षाको कारण देखाउदै आयोजकले कटौजेपानी खेल मैदानमा सञ्चालन भएको प्रतियोगिता केही समयको लागी स्थगीत गरेको युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीले जानकारी दिनुभयो । पालिका भरीका १२ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभुत विद्यालयका प्रअ तथा खेल शिक्षकहरुले पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिधालयको तिन दिन सम्मको खर्च ३० हजार देखी ५० हजार सम्म भएको भन्दै खेल स्थगीत प्रति दुख ब्याक्त गरेका छन ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिभिन्न समस्या देखा परेका छन आबश्यक छलफल गरेर खेल कहिले बाट अगाडी बढाउने बिषयमा गाउँपालिकाले सम्बन्धीत पक्ष सग परार्मश गरेर अगाढी बढ्ने शिक्षा साखा प्रमुख निशा पान्डेले जानकारी दिनुभयो ।











