पाल्पा- जिल्लाको तानसेन नगरपालिका-७ स्थित प्रभास तालमा कमलका फूल लोप हुदै गएकाे छ । एक दशकअघिसम्म प्रभास तालभरि कमलका फूल फुल्ने गरेको भए पनि पछिल्लो समय कमलका फूल लोप हुदै गएको हाे।
यस तालमा विभिन्न हानिकारक फोहोर मिसाउँदा कमलका फूल लोप भएको स्थानीय बासिन्दाले बताएका छन् । एक दशकअघिसम्म पनि तालमा कमलका फूल फुल्थे तर अहिले कमलका फूल लोप हुदै छ ।
कमलपोखरीका नामले प्रभास ताल चर्चित छ । स्थानीयवासी कमलका फूल टिप्न र औषधिको रूपमा प्रयोग गर्न यहाँ आउने गरेका स्थानीय बासिन्दाले बताएका छन । पहिला प्रभास तालमा कमल फुलेको प्रशस्तै देखिन्थ्यो, अहिले ती फूल देख्नै पाइँदैन । लुम्बिनी मेडिकल कलेजबाट आएको फोहोर पानी र प्रभास बजारबाट आएको दुर्गन्धित पानी पोखरीमा मिसाउँदा कमलका फूल हराएको स्थानीयवासी बताउँछन् ।
प्रभास तालको संरक्षणमा जिल्ला समन्वय समिति पाल्पा, डिभिजन वन कार्यालय र तानसेन वडा नं. ७ को वडा कार्यालय सक्रिय भए पनि सार्थकता पाउन सकेको छैन । प्रभास तालको सुन्दरता कायम राख्न र जलचर तथा वनस्पतिको संरक्षणका लागि केही प्रयास थालनी भएका छन् । प्रभास ताल ३४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।










