पाल्पा-माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
माथागढी गाउँपालिका–३ कसेनी स्थित सराई खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा १६ बिधाका खेलमा छात्र २ सय ५५ र छात्रा ३ सय ३० गरी जम्मा ५ सय ८५ जना बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा दिव्य ज्योति मावि कसेनीले सबै भन्दा पदक जित्दै प्रथम भएको छ । दिब्यज्योतिले १० स्वर्ण, ५ रजत र ६ कास्य गरी जम्मा २१ वटा पदक जित्न सफल भयो । त्यस्तै शौभाग्य मावि चिदीपानीले ६ स्वर्ण, ८ रजत र ७ कास्य गरी २१ पदक सहित दोस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा किसान मावि झडेवाले ५ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा १३ पदक सहित तृतीय स्थान हासिल गर्न सफल भयाे । प्रतियोगितामा सिद्धार्थ माविले ९, ग्रामोदय माविले ६, महेन्द्र नरेश माविले ५, सनराइज पब्लिक स्कुलले ६ धारादेबी माविले १, सातपोखरी माविले २, रत्न माविका बिद्यार्थी खेलाडीले ३ वटा पदक प्राप्त गरे । प्रतियोगिताको सपापन कार्यक्रममा बिजयी बिद्यार्थी खेलाडीहरुलाई पद बितरण गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले माथागढीका खेलाडीहरुले जिल्ला र प्रदेश स्तरमा हुने प्रतियोगिताहरुमा पनि उत्तिकै राम्रो प्रस्तुती राख्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी, वडा नं. १ का अध्यक्ष राजुकमार पन्थी, वडा नं. ३ का अध्यक्ष तेज घर्ती, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले बिजयी बिद्यार्थी खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।<span;>कार्यक्रम माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेको अध्यक्षता, अतिरिक्त क्रियाकलाप समिति संयोजक शिव घिमिरेको संचालनमा चलेको थियो ।










