स्याङजा–गल्याङ जेसीजको बर्ष २०२४ को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित हुनु भएको छ। गल्याङ जेसीजको २५ गते भएको छैटौं साधारणसभा एवम् पाँचौ अधिबेशनबाट उहाँ निर्वाचित हुनु भएको हो ।
कुल ४४ मत मध्ये ३९ मत खसेकोमा भण्डारिले २८ मत ल्याउदै विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी प्रतिमा भट्टराईले ११ मत प्राप्त गर्नु भएको थियो। त्यस्तै कार्यकारिणी उपाध्यक्ष मा ४ जनाको उम्मेदवारी रहेको मा सुनिल पाठक र डोलराज खनाल समान २३-२३ मत सहित निर्वाचित भएका निर्वाचन आयुक्त अमृत अर्यालले जानकारि दिनु भयो
नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भाव सङ्गै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।












