बुटवल - राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटनामा परेको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबाङको बीचमा स्कारपियो र ट्रक जुधेका हुन् । दुर्घटनामा सांसद सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश सांसद तुलसी चौधरी र एकजना घाइते भएका हुन् । उनीहरूलाइ उपचारको लागि अस्पताल पठाइदै छ । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
सांसद चौधरी चढेको बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदुरपश्चिम–०१–००–११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।













