माधव पाण्डे–पौष २२
पाल्पा–जल्पा गुफा, जो कोहिलाई पनि झ्याप्प सुन्दा आश्चय लाग्न सक्दछ । ढुङ्गाबाट मादल बज्छ भन्दा पत्याउन समेत गाह्रो हुने हेर्दा ढुंगा तर मादलको जस्तै धुन आउने गर्दछ र गुफाको भित्रि भागमा ढुङ्गाको विभिन्न पशुपन्छि भगवान शंखरको विभिन्न आकृति भएकोले उक्त गुफाको नाम चिडीया घर मादले गुफा राखिएको छ। पूर्वखोला गा.पा २ जल्पामा रहेको गुफामा केही वर्ष पहिले जोतने क्रममा हल गोरु उक्त गुफा भित्र खसेको थियो ।
स्थानियको भनाई छ। स्थानिय गिर ब. सारू उक्त गुफामा १ हल गोरु हलो ,जुवासँगै खसे पछि निकाल्ने आश नै मारि सकेका थिए तर गाउँको सबै मिलेर रशीको सहायताले ३ घण्टामा त्यस ठाउँबाट निकालियो । अचम्मको कुरा जुवासँगै पसेको गोरुलाई चोटपटक भेटिएन ,अहिले सम्म पनि जोत्दै छ। त्यस पछि त्यहाँ के शक्ति छ भनि भित्र पसेर गोरूलाई चोट पटक पनि नलागेको भनेर गाउँका यूवाहरू त्यहाँ भित्र जादा कहि ढुङ्गा बज्यो हेर्दै जादा मादल बज्ने ढुङ्गा भेटियो। शितल र विभिन्न आकृतिले मनमोहक बनायो । त्यस भित्र अधेरो भएकोले लाईट आवश्यकता थियो । त्यहाँ भित्र दिउँसो १२ वजे दुई ,चारवटा उज्यालो छिर्ने सारुले बताउनु भयो ।
अहिले वडाको सहयोगबाट बाहिर वस्ने ठाउँ,पक्कि पानको पात ,खाने पानी र मोटर बाटो पुगे पनि अझै सबैको नजरमा नपरेको दयाराम पाण्डेले बताउनु भयो। पाल्पाबाट ३२ किलोमिटर जल्पामा रहेको उक्त गुफामा पछिल्लो समयमा घुम्न आउने साथै, मादल बजाउन आउने मानिसहरूको संख्या बढ्दै गएको छ । जल्पाको साकिनेमा रहेको मादले गुफा प्रचारप्रसारको अभावले ओझेलमा रहेको छ।
पूर्वखोला गा.पा २ अध्यक्ष नीर ब. सारूले वडा कार्यालयले यस स्थानको संरक्षण गर्नका लागि उचित बजेट छुट्याई गुफा संरक्षणको लागि योजना बनाइएको बताउनु भयो ।











