पाल्पा–१७० वर्ष पुरानो ऐतिहासिक मूलढोका बनाउन टेन्डर आह्वान गरिएको छ । पाल्पा दरबार परिसरको मूलढोका संरक्षण गर्न पुरातत्व विभागले निर्माण व्यवसायी छनोट गरेर काम अगाडि बढाएको छ । विभागले मूलढोकाको मर्मत सुधार गर्न ८१ लाख ९५ हजार १२९ रुपियाँ लागतमा ठेक्का दिएको छ ।
तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए ।
राणाकालमा बनेको ऐतिहासिक मूलढोका जीर्ण बनेको तानसेनका स्थानीय बासिन्दाले बताएका छन। दरबारको मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ ।










