पाल्पा–अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको रजत महोत्सव तथा २५औ वार्षिक साधारण सभाको उद्घाटन गर्न नेपाल सरकार अर्थ मन्त्री डा प्रकाश शरण महत रामपुर आउनु हुने भएको छ।
यही पौष १४ र १६ गते सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न गरेको सहकारीले रजत स्मारक अनावरण , स्मारिका विमोचन तथा रजत महोत्वस समुद्घाटनको लागि अर्थ मन्त्री महत पौष २० गते रामपुर आउने कार्यक्रम तय भएको सहकारीले जनाएको छ ।यसैविच अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले सोमबार सहयोगी सेवा केन्द्र स्तरीय र केन्द्रिय कार्यलय स्तरीय साधारण सभा सम्पन्न गरेको हो ।
गत शुक्रबार विधिवत रुपमा गल्धा ढुडगानाबेसी, जब्गादी ताहुँ र हेक्लाडमा सेवा केन्द्र स्तरिय २५ औं वार्षिक साधार सभाको शुभारम्भ गरी सोमबार सहयोगी सेवा केन्द्रमा आबद्ध शेयर सदस्यहरुको लागि राधादामोदर रेशम सभाहल रामपुर ५ कान्जीहाउस र केन्द्रिय कार्यालयमा आवद्ध शेयर सदस्यहरुको लागि दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।सहकारीमा हाल १० हजार ७ सय ४७ शेयर सदस्य रहेको संस्थाको कुल पुँजी १ अर्व ५१ करोड पुगेको र गत आर्थिक वर्षमा ४ करोड ७१ लाख बढी नाफा गर्न सफल भएको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो।
सस्थाले साधारण सभा बाट निणर्य प्रमाणित गर्नका लागि सेवा केन्द्रस्तर बाट प्रतिनिधिहरु पनि चयन गरेको छ । प्रतिनिधिहरुको सहभागीतामा निणर्य प्रमाणित सहितको साधारण सभा तथा संस्थाको रजत महोत्सव न्यू श्रीनगर होटलको सभाहलमा पुस २० गते शुक्रबार हुने संस्थाले जनाएको छ ।










