पाल्पा– नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको तीन महिने रुपान्तरण अभियान समापन भएको छ । घर घरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ गत भदौं १६ गतेबाट देशभराका सात सय ५३ स्थानी तहमा सुरु भएको अभियान समापन भएको हो ।
अभियानका क्रममा पाल्पाको दशैं स्थानीय तहका ८१ वडामा पार्टी संगठन पुनः गठन, भातृ संकठनहरु गन र कार्यकर्ता स्तरमा सरकारले गरेका कामका बारेमा जानकारी दिइएको केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताए ।
यसैबीच पाल्पाका विभिन्न स्थानीय तहहरुसंगै तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको कमिटीले संयुक्त रुपमा सम्पन्न गरेको छ । अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले अभियानले माओवादीलाई थप सुदृढ र मजबुत बनाउन सहयोग पु¥याएको बताए । अहिलेको व्यवस्था ल्याउनका लागि माओवादीको ठुलो बलिदान रहेपनि विभिन्न कारणले गर्दा जनतासंग माओवादी टाढा भएको स्वीकार गर्दै उनले अहिलेको अभियानले केन्द्रलाई बलियो बनाउन मद्दत गर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र पुन (सिजल) संविधानसभा सदस्य लिला सोमै, केन्द्रीय सदस्य अनिल किशोर घिमिरेलेलगायतले अभियान र माओवादी नेतृत्वमा रहको केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले गरेका काममा सही प्रचार गर्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए भने युवा, विद्यार्थीले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । तानसेन नगर कमिटी अध्यक्ष प्रतिक्षा सिंजाली गाहाको अध्यक्षतामा चलेको कार्यक्रम प्रदेश कमिटी सदस्य केयरसिंह रानाले स्वागतमन्तव्य राखेका थिए ।
तिनाउ रैनादेवी छहरा रिब्दीकोट र रामपुर नगरपालिकामा पनि पालिका कमिटीको आयोजनामा अभियानको समापन कार्यक्रम सम्पन्न भएको छ।
अहिले चलेको अभियानले पार्टीलाई एकताबद्ध बनाउन, नागरिकका गुनासो माथिल्लो तहसम्म पुर्याउन र आउदो नवौं महाधिवेशनबाट पार्टीलाई थप ससक्त बनाउन टेवा पुग्ने विश्वास केन्दीय तहबाट खटिएका नेताहरुले सो बखत बताएका छन् ।













