पाल्पा –जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ४९ जना संक्रमित देखिएका हुन् ।
बिहीबार ४९ जना नयाँ संक्रमित थपिएपछि जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३३ पुगेको छ । सक्रिय संक्रमितमध्ये ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा १० जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो ।













