पाल्पा–पाल्पामा जेष्ठ नागरिक तथा अतिरिक्त (क र ख) वर्गहरुलाई घरमै पुगेर उपचार सेवा प्रदान गर्ने भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा पुसको चौथो हप्तादेखि सेवा सुरु गर्न भएको हो।
माघको दोस्रो हप्तासम्म सञ्चालन गरिने कार्यक्रममा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अति अशक्त नागरिकहरूको घर घरमै पुगेर उपचार गरिने छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै पालिकाका स्वास्थ्य शाखाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। पाल्पामा गत वर्ष ६ हजार ५ सय ९६ जना ज्येष्ठ नागरिकहरूको घर घरमै पुगेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो।












