उजिरसिंह माबिको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० को पहिलो चरणको बाकी र दोस्रो चरण केही खेल हिजो सम्पन्न भएकोे छ ।पहिलो चरण जनज्योति मा.वि,सरस्वती मा.वि,शान्ती नमुना मा.वि,दिप बोडिङ भने दोस्रो चरणमा सेन्ट जोसेफ ,गिर्वाण मा.वि र केरभानी स्कुल बिजय भएका छन । शुक्रबार भएको पहिलो चरणको खेलमा जनज्योति मा .वि ले कान्ति मा.वि लाई २—०, सरस्वती मा.वि ले जनता मा.वि लाई २—०, शान्ति नमुना ले नहरपुर मा.वि लाइ२—१, दिप बोर्डिङले उजिर सिँह B लाई २—१ जित्यो त्यस्तै हिजो दिउँसो सम्पन्न दोस्रो चरणको खेलमा सेन्ट जोसेफ ले बुद्ध दिपलाई २-०, गिर्वाण मा .वी ले दुर्गा दत्त मा.वि लाई २—० त्यस्तै केरभानीले सरस्वती मा.वि लाई २—० तथा शंकरनगर दुर्गादत्त लाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन खेल आज शनिबार बाकी , सेमिफाइनल र भोलि आइतबार फाइनल खेल हुने संयोजक यम प्रसाद श्रेष्ठले बताए ।












