लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) र चिनियाँ उपमन्त्री वाङ रूईजुनविच शुक्रबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको सन्दर्भमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धन र पर्यटन विकासका सन्दर्भममा छलफल भएको छ ।
भेटमा कोषका उपाध्यक्ष डा. लामाले धार्मिक र साँस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउनका लागि चिनियाँ उपमन्त्री वाङसँग अनुरोध गरे । उपाध्यक्ष डा.लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण एवं चीनिया पर्यटक भित्राउन चीनको ग्वान्दोङ विमानस्थलबाट हवाई उडानका लागि उपमन्त्री वाङसँग प्रस्ताव गरेका छन् ।भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा चिन सरकारसँग सहकार्यका बिषयमा समेत छलफल भएको थियो ।
साथै उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देश बीच धार्मिक सांस्कृतिक एव सामाजिक साझेदारी सहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताए ।
लुम्बिनी विश्वको एउटा मात्र बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएको कारण लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह समेत गरे । उक्त अवसरमा उपमन्त्री चिनियाँ उपमन्त्री वाङ रूईजुनले चिनियाँहरुलाई बुद्धजन्मस्थल लुम्बिनी जानका लागि वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भममा पनि छलफल गर्ने बताए । उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक साँस्कृतिक सहकार्यका लागि आफुहरु सकरात्मक रहेको बताए । ग्वान्दोङ चीनको उच्च जनघनत्व र बौद्धमार्गीहरु रहेको प्रान्त भएकाले त्यहाँका पर्यटकलाई लुम्बिनी ल्याउने प्रतिबद्धता समेत उनले जनाए ।
भेटमा कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारी सदस्य श्याम रोक्का, बरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिती रहेको थियो । चिनिया कम्यूनिष्ट पार्टीका स्थायी सदस्य समेत रहेका उपमन्त्री रुइजुन सहितको प्रतिनिधिमण्डलले लुुम्बिनी स्थित मायादेवी मन्दिरको भ्रमण समेत गरे । भ्रमणका क्रममा बुद्धजन्मस्थल लुम्बिनीका बारेमा बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी गराएका थिए ।












