अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप भलिबलको उपाधी वडा न. १ पणेनाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा न. ३ खिदिमलाइ ३/१ को सेटमा पराजित गर्दै पणेनाले उपाधी चुमेको हो ।

उपबिजेता बनेको खिदिमले नगद २५ हजार प्राप्त गरेको छ । पहिलो सेमिफाइनल खेलमा पणेना ले पोखराथोकलाई र दोस्रो सेमिफाइनल खेलमा खिदिम ले पटौटिलाई हराउदै फाइनल प्रवेश गरेका थिए त्यस्तै तृतीय स्थानको खेलमा पटौटिले पोखराथोकलाइ पराजित गरेको थियो । तेस्रो बनेको पटौटिले नगद १५ हजार प्राप्त गरेको छ भने सान्तवना पुरस्कार पोखराथोक ले प्राप्त गरेको थियो ।

बिजेता खेलाडिलाइ पुरस्कार बितरण गर्दै गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले खेल र खेलाडिको बिकासका लागि पालिकाले शुरूवात गरेको बताउदै खेलाडी उत्पादन र उनिहरुको बिकासमा सक्दो कोसिस गर्ने बताउनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य कमल प्रसाद घिमिरे, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, खेलाडी र खेल प्रेमी हरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका शिक्षा, युबा तथाखेलकुद शाखा प्रमुख तेज बहादुर खनालले गर्नुभएको थियो ।
साथै कार्यक्रममा सन्धिखर्कमा सम्पन्न AYC कप प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने खेलाडिलाइ दोसल्ला ओडाएर प्रमाणपत्र सहित पालिकाले सम्मान गरेको थियो।












