पाल्पा– पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा एक जनाको मृत्यु भएको छ ।
निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडाका ४८ बर्षिय डम्बरबहादुर सारु शनिबार बेलुका करिब ८ बजेको समयमा घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घाईते सारुको उपचारको लागि रामपुर अस्पताल पुर्याईएकोमा आज बिहान करिब साढे ३ बजे डाक्टरले मृत घोषणा गरेको अस्पतालले जनाएको छ । साथै घटना स्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एक ओटा भिर्ने झोला समेत फेला पारेको छ ।घटनाको बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।












