रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ । सैनामैना नगरपालिका वडा नं १ ब्रम्हाडांडाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबी बापतको रकम रु. ३१ लाख २० हजार रकम मृतकको घरैमा पुगेर हस्तान्तरण गरेको हो ।
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले मृतक अनिल कुमार चौधरीकी श्रीमती सुशिला चौधरीलाई बीमा दाबीको रकम हस्तान्तरण गर्नुभएको हो ।मृतक चौधरीले उमेश गिरी मार्फत ३० लाख बीमांकको बीमा लेख खरिद गर्नुभएको थियो । मृतक चौधरीले दुई किस्ता वापत रु ३लाख १४ हजार कम्पनीमा जम्मा गर्नु भएको थियो । दावी भुक्तानी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले बीमा कम्पनीहरुले दावी भुक्तानी गर्न बीमा आलटाल गर्छन भन्ने गुनासोलाई घरमै गएर दावी भुक्तानी गरी उत्तर दिएको बताउनु भयो । बीमा हुने खाने भन्दा हुदाँ खाने बर्गलाई झन बढी आवश्यक पर्ने बताउदै बीमाको दायरा बढाउन बीमा कम्पनीहरु शहर केन्द्रित नभइ गाउँ गाउँ जानुपर्ने बताउदै आवश्यक सहयोगको लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।
सो कार्यक्रममा उमेश गिरीले दुर्घटना जानकारी दिएर न आउने बताउदै वचत र सुरक्षाको लागि सबैले आफ्नो क्षमता अनुसारको जीवन बीमा गर्नुपर्ने कुरा राख्नु भयो । कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि लुम्बिनी प्रदेशका उप प्रमुख ईश्वर पाण्डेय , सन्चालन मणिग्राम शाखाका प्रमुख विष्णु मुराउले गर्नुभएको थियो ।माधव भुसाल तथा सिनियर एजेन्सी शालिकराम वोस्तिले आफ्नो मन्तव्य राख्नुभएको थियो ।सो कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य मन्जु परियार, सैनामैना नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवन क्षेत्री, सैनामैना सामुदयिक वनका उपाध्यक्ष जीतबहादुर गाहा,
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बुटवल शाखाका मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डे,महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझि, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख राम प्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो ।












