पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मङ्गलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको नालीमा घोप्टो अवस्थामा पुरुष मृत फेला परेको र हालसम्म ती पुरुषको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । शबलाई पोष्टमार्टमका लागि बुटवल पठाइएको छ ।












