पाल्पा –पाल्पाको रैनादेवी छहरा गाउँपालिका– २ सर्देवामा संन्चालित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी टिपरमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका –१ ख्याहाका २४ वर्षीय शिर बहादुर पालुङ्गे रहेका छन् । दुर्घटनामा परि घाईते भएका पालुङ्गेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












