पाल्पा–जिल्लाको निस्दी गाउँपालिकाले एक सय सात स्थानमा स्वचालित सडक बत्ती जडान गरेको छ । उज्यालो निस्दी कार्यक्रम अन्तर्गत पालिकाको मुख्य बजारमा स्वचालित सडक बत्ती जडान गरेको हो ।
पालिकाको मुख्य बजार, सडक, विद्यालय, स्वास्थ्य चौकी तथा टोलका एक सय सात स्थानमा बत्ती जडान गरिएको निस्दी गाउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं.१ मा १३ वटा, वडा नं.२ मा १३ वटा, वडा नं.३ मा १३ वटा, वडा नं. ४ मा १४ वटा, वडा नं.५ मा १० वटा, वडा नं.६ मा ३१ वटा र वडा नं.७ मा १३ वटा सडक बत्ती जडान भएको छ ।
पालिका भित्रको सार्वजनिक स्थल तथा आवतजावत बढी हुने स्थानमा सुरक्षासँगै उज्यालो प्रदानका लागि बत्ती जडान गरिएको निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०–८१ मा उज्यालो निस्दी कार्यक्रमका लागि पालिकाले विनियोजन गरेको १० लाख र वडा ६ को २ लाख गरी १२ लाखको लागतमा स्वचालित बत्ती जडान गरिएको उहाँले बताउनुभयो । निस्दीका गाउँहरू विद्युत लाइन विस्तारसँगै उज्यालो बनेको छ ।












