पाल्पा-पाल्पाको रामपुर ५ बहखोलामा निर्माण सम्पन्न शहिद गेटको समुद्घाटन गदै नकपा माओवादी पोलिटब्यूरो सदस्य एबं लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले शहिदको बलिदानीले मुललुक संघिय लोकतान्त्रीक गणतन्त्र आएको बताउनु भएको छ ।
जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्झनामा कालीगण्डकी करिडोर सडक खण्ड रामपुर सानीअमराई बहखोलामानिर्माण गरिएको गेटको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले व्यवस्था प्राप्तिका लागि सहादत प्राप्त गर्नुहुने शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शहिदको बलिदानी यो लोकतन्त्र आएको हो ७२ सालको नयाँ संविधानमा छ । र आज तपाई हामीले सुन्दर लोकतन्त्रको अभ्यास गरिरहेका छौं । समाजवादको यात्रामा अघि बढिरहेका छौं ।” उहाँले रामपुर अस्पताललाई व्यवस्थित गर्दै स्तरीय सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध भएर लागेको बताउनुभयो ।
रामपुर आफ्नो बुवा बाजेको पुख्यौली थलो भएको स्मरण गर्दै रामपुरसंग नजिकको साईनो रहेकाले यहाँको विकासको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । गत आवमा लुम्बिनी प्रदेश सरकारको १० लाख र जनसहभागिता बाट १ लाख ८० हजार गरी गेट ११ लाख ८० हजारको लागतमा निर्माण सम्पन्न शहिद गेट उद्घाटनका अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुनले रामपुरले विकासको माध्यम बाट मुहार फेरेको बताउँदै कालीगण्डकी करिडोर क्षेत्रको विकासको लागि प्राधिकरण गठन हुनु आवश्यक बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले गेटको निर्माणसंगै शहिदहरुको सम्मान भएको बताउनुभयो । उहाँले शहिदको बलिदानलाई कदर गर्दै विकास निर्माणमा लाग्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सहिद सुर्य प्रसाद घिमिरेको सुपुत्री विष्णु देवी घिमिरे आचार्य, गेट निर्माण उपभोत्ता समिति अध्यक्ष बाबुराम वि.क.ले शहिदहरुको सम्मानका लागि कार्य गर्नु हामी सबैको दायित्व रहेको बताउनु भएको थियो । कार्यक्रमको अवसरमा रामपुर नगरपालिका भित्रका शहिद परिवारलाई सम्मान गरिएको थियो । शहिद यमनाथ पाठकका धर्मपत्नी दिलमायाँ पाठकको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत र माओवादी केन्द्र रामपुर नगर कमिटी नगर अध्यक्ष यम बहादुर सुनारको सञ्चालनमा भएको हो ।












