पाल्पा – पाल्पाको राम्दीस्थित गण्डकीमा हाम फालेका एक युवाको उद्दार गरिएको छ । शनिबार साँझ ६ बजेतिर राम्दी नदीमा हाम फालेका माथागढी–३, का २३ वर्षीय पदम विकलाई राम्दी प्रहरी चौकीले उद्दार गरेको हो ।
<span;>विकले नदीमा हाम फालेको र राम्दी प्रहरीले देख्ना साथ उद्दार गरेको बताइएको छ ।
<span;>युवकले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकरी दिनुभयो ।
<span;>ती युवकलाई आफन्तको जिम्मामा लगाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













