बासुदेव ढकाल,पाल्पा - ज्योतिपुञ्ज कप २०८० फुटबल प्रतियोगिता सोमबारदेखि रामपुरमा सुरु भएको छ ।
ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा भब्य समारोहका बीच कपको उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तले ज्योतिपुञ्ज कप २०८० को उद्घाटन गर्दै संघियता पुर्ण रुपमा कार्यान्वयन नभएपनि खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता राख्नु पर्ने बताउनुभयो ।मन्त्री गुप्तले खेल विकासले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्ने बताउनुभयो । मन्त्री गुप्तले पाल्पा साँस्कृतिकको हिसाबले भरिपुर्ण रहेको बताउदै खेलमैदान राम्रो बनाउन सकियो भने यहाँको खेल क्षेत्र तथा व्यवसायीहरूकाे भबिष्य अझै राम्रो हुने बताउनुभयो। उहाँले पाल्पा रामपुरको यो खेलकूद मैदान ब्यवस्थित गर्न प्रदेश सरकारसंग खेलकुद सामाग्रीसंगै उचित बजेट विनियोजन गर्ने पनि बताउनुभएकोछ । लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले खेल मैदान ब्यवस्थित गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउदै रामपुर नगर नमूना सहर बनाउनका लागि खेलकुद क्षेत्रको विशेष भूमिका रहेको बताउदै रामपुरको खेलमैदान ब्यवस्थित बनाउन सामाजिक विकास मन्त्रीसंग आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले भौतिक विकास भन्दा सामाजिक विकास महत्वपुर्ण रहेको बताउदै यो खेलमैदान ब्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले ज्योतिपुञ्ज युवा क्लबले विभिन्न किसिमका सामजिक कार्य गरेकोमा धन्यवाद समेत दिनुभयो । उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराई, राष्ट्रिय प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्द केसी, जिल्ला खेलकुद परिषद्का अध्यक्ष दिपक घिमिरे, जिल्ला भलिवल संघ पाल्पाका अध्यक्ष मणि विक्रम राना, रामपुर खेलकूद विकास समिति रामपुरका अध्यक्ष कमल सेन, तानसेन उद्योग बाणिज्य संघ तानसेनका अध्यक्ष सैलेन्द्र भट्टराई, रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल तथा राष्ट्रिय कलाकार बद्री पंगेनी लगायतले कपको पुर्ण सफलताको शुभकामना दिनुभयको थियो । विजयादशमी, शुभदिपावली संगै क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा प्रतियोगिताको आयोजना आयोजनाले जनाएको छ ।
रामपुरलाई खेलकुदको मध्यमबाट चिनाउन तथा स्थानीय खेलाडीहरुको स्तर वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक अनिल शाहीका अनुसार प्रतियोगितामा रामपुरबाट दुई क्लव सहित पाल्पा, रुपन्देही, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासी गरी ६ जिल्लाका १० क्लवले सहभागीता लिएकोछ ।
प्रतियोगिताको अवसरमा क्लवले मौलिक झाँकी प्रदर्शनी, खानाका परिकार सहितको स्थल तथा तथा दश अवतार बालन समूहले प्रर्दशन गरेको थियो । उट्घाटन खेलमा भैरव स्पोर्ट क्लव नवलपरासी र होराईजन क्लव वालिङ स्याङ्जा विच भएको छ । खेलमा होराईजन क्लव वालिङ स्याङ्जाका विरुद्ध भैरव स्पोर्ट क्लव नवलपरासीले क्याप्टेन कमल भट्टराईले खेलको दोस्रो खेलको ८ औं मिनेटमा १ गोल गरी क्वाटर फाइनलमा प्रवेश गरेको हो । कार्यक्रम क्लबका अध्यक्ष सुदिप गौतमको अध्यक्षता तथा कृष्ण पौडेलको संचालनमा चालेको थियो ।













