पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बगनासकाली गाउँपालिका–८ बराङदी मार्फत संकलन गरी बजारीकरण हुँदै आएको दुधमा प्रतिलिटर १० रुपैयाँ छुट हुने भएको छ ।
तानसेन बजारका विभिन्न स्थानहरुमा बराङ्दीको दुध वितरण हुँदै आएको छ । बराङ्दीका किसानहरुले भैसीपालन गरी दुध बिक्री गर्दै आएका छन् । संस्थाका अध्यक्ष कृष्ण भुसालले संस्थाले दशैं तिहारको समयमा उपभोक्ताहरुको सहुलियतका लागि १ लिटरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको बताउनुभयो ।
छुट २०८० असोज २३ गते मंगलबारबाट लागू हुनेछ । यहाँको भैसीको शुद्ध दुधको मुल्य प्रतिलिटर १ सय २० रहेकोमा छुट पछि प्रतिलिटर मूल्य १ सय १० कायम हुने उहाँले बताउनुभयो ।
खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिन्छाैं : लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्त »













