बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ । असोज १७ गतेदेखि कम्प्लेक्समा जुत्ता खरिद गर्दा चप्पल उपहार छुटको योजना अघि सारेको हो ।
नेपाली जुत्ताघरले असोज १७ गतेदेखि कार्तिक ४ गतेसम्म जुनकुनै कम्पनीका जुत्ता किन्दा चप्पल उपहार पाइने सञ्चालक रुद्र सुवेदीले जानकारी दिए । साथै नेपाली लुगा घरमा १० प्रतिशत देखि ५० प्रतिशतसम्म नगद छुटको व्यवस्था गरिएको छ । गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३ गतेदेखि नेपाली लुगा घर सञ्चालनमा आएका हुन् । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आम उपभोक्तालाई लक्षित गरि नेपाली लुगाघरले पनि १० प्रतिशतको छुट राखेको छ ।
दशैं तिहार विशेष छुट योजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका सञ्चालक रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घर घरमा उपभोग होस भन्ने हेतुको साथ यो अभियानको थालनी गरिएको बताए । नेपाली जुत्ता घरमा शिखर सुज, बिएफ डियर हिल, रन सुज, सुल्याण्ड, ब्लाक हर्स, टुरिष्ट, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी ९ वटा ब्राण्ड रहेका छन् भने नेपाली लुगाघर अन्तर्गत फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफि, ट्याग र केके गरी ६ वटा ब्राण्ड रहेका छन् ।
नेपाली लुगा घरका सञ्चालक प्रकाश भुषालले देशकै प्रतिष्ठित नेपाली ब्रान्डका जुत्ता, कपडा विक्रि स्थलको रुपमा डेल्टा मार्टलाई चिनाउने गरी योजना बनाईएको जानकारी दिए ।













