पाल्पा – पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा विभिन्न नीति, निर्देशिका, कार्यविधी तथा पुरक वजेट पास भएको छ ।
गत पौष १८ देखि सुरु भएको गाउँसभामा गैर सरकारी संस्था संचालन निर्देशिका, सुशासन संचालन तथा व्यवस्थापन नीति, सार्वजनिक तथा सामाजिक परीक्षण कार्यविधी, सार्वजनिक सुनुवाई कार्यविधी र तिनाउँ मानव अधिकार सम्बन्धी ३ वर्षे कार्ययोजना पारित भएको छ ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले विद्यालयका कार्यालय सहयोगी, बालकक्षा शिक्षिका, लेखाका कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिक्षमिक मासिक रु १५ हजार नघट्नेगरी उपलब्ध गराइने समेत निर्णय गरेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष घर्ती मगरका अनुसार उक्त पारिश्रमिक गत ०७८ श्रावण महिनादेखी नै लागु हुनेछ । गाउँसभामा तिनाउँ गाउँपालिका भित्रका अधुरा योजना सम्पन्न गर्न ४ करोड ५० लाखको पुरक वजेट पारित गरेको छ । त्यस्तै वडा नं. ३,४,५ र ६ को वडा भवन सम्पन्न गर्ने, वडा नं. ३ को प्राविधिक शिक्षालय भवन सम्पन्न गर्ने, हरियाली गाउँ लिफ्टिङ खानेपानी, शिखरडाँडा लिफ्टिङ खानेपानी, स्मार्ट कृषि गाउँ झ्याङला, ताल मुर्थुम खानेपानी, खुर्साने कचल मोटरबाटो सम्पन्न गर्ने गरी वजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।












