पाल्पा - पाल्पामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकाको परिचय खुलेको छ। बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गएको लु१ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
घाइतेमध्ये ७ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ।
अस्पतालका अनुसार घाइते हुनेमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्। यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते भएका छन्।
यस्तै बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।












