

पाल्पा रामपुरका उद्योगी ब्यापारी ब्यबसायिको समस्या बारेमा सरोकारवालाहरुको ध्यानार्कण गराउन आज बेझाँड बजारमा अन्तक्रियरा कार्यक्रम भएको छ । रामपुर उद्योग बाणिज्य संघ रामपुरको आयोजना, रामपुर नगरपालिकाको सहयोगमा आज बजार चोकमा उद्योगी,ब्यापारी एबं प्रतिनिधिहरु बिच अन्र्तक्रिया भएको हो।
केहि समय यता ब्यापारमा आएको मन्दिले रामपुरका ब्यापारीहरु ब्यापार, ब्यबसाय छोड्नु पर्ने अबस्था आएको, चर्को घर भाडा , एउटै ब्यबसायिले नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा कर दाता सेवा कार्यालयमा कर बुझाउनु पर्ने, नितिगत ज्ञानको अभावमा दोहोरो दर्ता गर्नु पर्ने , राजश्व परार्मश समितिमा उद्योग बाणिज्य संघका प्रतिनिधिको रोहवरमा भएको निणर्य भन्दा वाहिर गई बढेर नगरपालिकाले करको दर बढाएको, घर भाडा कर घरधनिले बुझाउनु पर्नेमा ब्यापारीले पर्दा मर्कामा परेको, सडक पोके ब्यापारीका कारण महंगो घर भाडामा कर तिरेर संचालन गरेका ब्यापारी मर्कामा परेको, सडक नाली सरसफाई नहुदा , ब्यबस्थित पार्कीङ्ग , सार्बजनिक शौचालय ,खानेपानी नहुदा भोग्नु परेको समस्या बारेमा सहभागी१४ जनाले जनप्रतिनीधि, प्रशासनिक निकाय सुरक्षा निकायलाई गुनासो राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एबं. संघका सल्लाहकार राजु प्रसाद श्रेष्ठले सहभागीले राखेको जिज्ञासमा जवाफ दिदै करका दर बढाउन नभै राजश्वका दायरा बढाउन सुझाव दिनु भयो । प्रदेश सभा सदस्य श्रेष्ठले रामपुरका बजारहरु ब्यबस्थित गर्न प्रदेश सरकारले पनि ध्यान दिदै आएको बताउनु भएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार ब्यबस्थित बनाउन सबैको साथ र सहयोग उद्योगी ब्यबवसायी नगरबासीको महत्वपूर्ण भुमिका रहन्छ भन्दै सकारात्मक सुझाव दिन पनि आग्रह गर्नु भयो । उहाले नगरपालिकाले बजार ब्यबस्थित गर्न सरसफाई ,दिर्घकालीन फोहर ब्यबस्थापन सडक ढल निकाश, सार्बजनिक शौचालयको ब्यबस्थापन संचालन र सिसीटिभिको ब्यबस्था गर्ने बताउदै नगरपालिकाले अगाडी सारेको कार्यक्रलाई पनि साथ सहयोग गर्न उद्योगी ब्यबसायिलाई अनुरोध गर्नु भएको छ।
उपप्रमख एबं राजश्व परामर्श समिति संयोजक बाल कुमारी थापाले उद्योगी ब्यबसायिको मर्का बुझेर गत दुई बर्षसम्म बर्ष ५० प्रतिशत छुटमा राजश्व लिएको , यस बर्ष पनि नगरपालिकाले बार्षिक करमा नविकरण छुट गरेको बताउनु भयो । उहाले आँफु राजश्व परार्मश समितिको संयोजक भएको समितिमा उद्योग वाणिज्य संघका प्रतिनिधी सदस्य रहने समेत बताउनु भयो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख शालिकराम खनालले सहभागीको जिज्ञासामा उद्योगी , ब्यापारी लगाएत नगरबासीको सुरक्षामा प्रहरी प्रशासनबाट शान्ति सुरक्षामा कटिबद्ध रहेको बताउनु भयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको अन्र्तक्रियामा सहभागीलाई वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले स्वागत गर्दै अन्र्तक्रिया कार्यक्रमको उद्धेश्यबासंरेमा जानकारी गराउनु भएको कार्यक्रमको संचालन महासचिव पुरुषोत्तम केशीले गरेका थिए । यसै बिच आजै देखि रामपुर उद्योग वाणिज्य संघले घरेलु तथा साना उद्योग कार्यालय पाल्पा , कर दाता सेवा कार्यालय पाल्पाको सहयाुेगमा दुई दिने ब्यबसाय दर्ता , खारेजी तथा राजश्व सम्बन्धि शिविर संचालन गरेको छ।