

नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालकाे अर्थतन्त्र सुधारका संकेत देखिएकाे बताएमा छन । बुटवल जेसिजकाे ५० आै बर्षमाे अवसरमा बुटवलमा आयाेजित संवरण महाेत्सव समाराेहमा बाेल्दै उनले अहिले उद्योगि व्यवसायी निरास हुनु पर्ने अवस्था नभएकाे बताए ।
जेसिजकाे मुल मान्यता र क्रियाकलाप अत्यानै महत्त्वपूर्ण भएकाे भन्दै उनले जेसिजकाे भुमिका लाेकतन्त्र र शान्ति स्थापना , व्यवसाय र अन्तर्राष्ट्रिय पहुँच मा विशेष भुमिका खेलेकाे कताए ।
उनले अर्थतन्त्र अफ्ठाराेमा भए पनि तर निरास हुने अवस्था नभएकाे बताए । उनले भने-" आत्मविश्वास बढेकाेछ, व्यवसायिहहरुलगानी गर्नुहाेस् "
उनले जेसिजमा लागेका व्याक्तिहरु व्यवसायमा समेत जाेडिएकाे अब उद्यमिमा विशेष जाेड दिनुपर्ने बताए ।
अर्थतन्त्र काे संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुकाे बिकल्प नभएकाे भन्दै उनले अर्थतन श्रीलंकाकरण हुने भने सव हल्ला भएकाे बताए । उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएकाेबताए ।
अर्थतन्त्र मा देखिएकाे निरासाकाे संकेत अस्थायी भएकाे भन्दै उनले याे धेरै समय नटिक्ने बताएका थिए । अहिले पुजिकाे परिचालन भैरहेको भन्दै माैद्रिक नितिमा कडाई गर्दा ब्याजदस बढेकाे भन्दै याे दिगाे नभएकाे बताए ।
ब्याजरमा कडाई गर्न आवश्यक नभएको भन्दै उनले अब लगानी काे वातावरण चाहिने बताए । याे बिषयमा अस्थायी अफ्ठाराहरु हट्ने र सकारात्मक वातावरण काे सृजना हुने दाबि गरे ।
अर्थमन्त्री महतले अब हाेटल तथा पर्यटनमा चहलपहल बढ्दै जानेसमेत बताए ।
कार्यक्रममा बुटवल उप महानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलाेत्तमा प्रमुख रामकृष्ण खाण लगायतका नेता बाेलेका थिए ।
कार्यक्रममा बुटवल जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएकाे बुटवल जेसिजका उपाध्यक्ष अर्जुन ज्ञवाली ले जानकारी दिए ।