पाल्पा १५ भाद्र
पाल्पाको तानसेनमा २ सय ३ औ भगवती जात्राको रथ घुमाउन सडकका खाल्डा पुर्ने काम भईरहेको छ । रथ घुमाउन सहज होस भनी तानसेनका सडकको खाल्डा पुर्ने काम भईरहेको हो । नगरपालिकाले साढे चार लाख रुपैंया बजेट विनियोजन गरेर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । यहि भाद्र २१ गते तानसेनमा भगवती जात्रा मनाउने तयारी गरिएको हो ।
मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर रंगरोगन तथा सरसफाई कार्यमा समन्वय गरिरहेको छ । यसबर्ष अरु बर्ष भन्दा फरक तरिकाले जात्रा मनाउने र तयारी स्वरुप पेण्टिङको काम सम्पन्न भएको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । मन्दिरको सरसफाई तथा रंगरोगन गर्न दि फेमस महेन्द्र दल गणको सहयोगमा भईरहेको छ ।
तत्कालीन पाल्पा गौँडाका तैनाथवाला कर्णेल उजिरसिंहले नेपाल–अंग्रेज युद्धमा जानुअघि भगवती मातासँग प्रार्थना गरी विजय प्राप्त होस् भन्दै भाकल गरेपछि सवै युद्धमा पराजय भोगेका नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेपछि भगवती जात्रा मनाउँदै आईएको छ ।













