

पाल्पा-पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने एक वर्षीय बालिकाको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर भई बगनासकाली गाउँपालिका १ चिलाङ्दी स्थित डेरा गरी बस्ने अनन्त शारुकी छोरी अंशिका सारु रहेकी छन् ।
सारुको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमाडुबी निजको बुवाले उपचारको लागि मिसन अस्पतालपाल्पा ल्याएकोरडाक्टरले चेक जाचँ गर्ने क्रममा मृत्यु घोषण गरेकोे हो ।