पाल्पा -१४ श्रावण,
स्वास्थ विमा कार्यक्रम पाल्पा जिल्लामा २०७३ साल बाट सुरु भई हालसम्म संचालनमा रहेको छ. स्वास्थ्य विमा कार्यक्रम वैशाख, जेष्ठ र असार मसान्त सम्म दर्ता गरी भाद्र देखि सेवा क्रियाशील हुन्छ भनी हामी पाल्पाका दर्ता सहयोगीले रिफर सेन्टरको रुपमा रहेको युनाईटेड मिसन अस्पतालमा समेत सेवा पाईन्छ भनी अनी स्वास्थ्य विमा नया दर्ता तथा नवीकरण गर्यो । हामी पाल्पा वासि दर्ता सहयोगीले स्वास्थ्य बिमा बापत सेवाग्राही बाट संकलित फारम र नगद पनि बुझाई सकेको अवस्था मा युनाईटेड मिसन अस्पतालले मिती २०८०-०४-१२ गतेको सूचना अनुसार मिती २०८०-०४-२१ गते बाट स्वास्थ्य विमा अन्तर्गत को उपचार स्थगित हुने सूचना प्रकाशित गरेको छ ।
अब स्वास्थ्य विमा गर्नु भएका विमित सदस्यले बिमा ले मिसन अस्पताल मा सेवा नपाईने भएकाले उक्त पैसा फिर्ता पाउ भनेकाले उक्त पैसा स्वास्थ्य विमा बोर्डको केन्द्रिय खातामा जम्मा गरि सकिएकोले सो पैसा फिर्ता दिन सम्भव नभएको हुँदा युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम निरन्तर सुधार गराउन आवश्यक समन्वय गरिदिनुहुन विनम्र अनुरोध सङ्गै माग गरेका छन ।














