

गिता भट्टराई स्याङ्जा
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले नि:शुल्क विद्युतीय चुल्हो वितरण गरेको छ । गाउँपालिका कार्यपालिकाको कार्यालय विर्घामा शुक्रबार एक कार्यक्रमका बीच विद्युतीय चुल्हो वितरण गरेको हो ।चुल्हो वितरण गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आगामी ३ वर्षभित्र पालिकाले ४७०० घरधुरीमा नि:शुल्क विद्युतीय चुल्हो वितरण गरेर पालिकालाई ग्याँस सिलिण्डर मुक्त बनाउने बताउनुभयो ।
अध्यक्ष थापाले आर्थिक वर्ष २०८१/८२ मा निशुल्क विद्युतिय चुल्हो कार्यक्रम सम्पन्न गरी पालिकाकै विद्युत उपभोग गर्ने व्यवस्था सृजना गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “पालिका बासीको भान्सालाई धुवाँरहित बनाउँनेछौँ । ग्यास सिलिण्डर महँगो पनि हुने र दाउराको उपयोगले स्वास्थ्यमा समेत असर गर्ने भएकाले पालिकाले धुँवारहित भान्सा बनाउन लागि परेको छ ।”
विसं २०७९ को निर्वाचनपछि पालिकामा पदबहाली गर्दा नै ग्याँस सिलिण्डर मुक्त पालिका बनाउने उद्देश्यका साथ लागिपरेको भन्दै यसरी विद्युतिय चुल्हो वितरण गर्दा पालिकाको दुई करोड खर्च हुने अध्यक्ष थापाले बताउनु भयो ।ग्याँस सिलिण्डरको विकल्पमा विद्युतिय चुल्हो प्रयोग गर्दा पालिकामा हरेक वर्ष ५ करोड बच्ने भन्दै यो कार्यक्रममा निश्चित मापदण्ड समेत रहेको भन्दै मापदण्ड पुगेकाले यसको निरन्तर उपभोग गर्न पाउने उहाँको भनाई छ । कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालाले गाउँपालिकाबासीको आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत आवश्यकता परिपुर्तिका लागी योजनावद्ध रुपमा लागिपरेको बताउनु भयो । ग्याँसको विकल्पमा विद्युतिय चुल्हो वितरण गरिएको भन्दै यो कार्यक्रमले महिलाहरुको स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने उपाध्यक्ष कोईरालाले बताउनु भयो । जिल्लाको दुर्गम कर्णाली मानिएको कालिगण्डकीको मुहार अहिले परिर्वतन भएको भन्दै नागरिकको भान्सालाई सहज बनाउन विद्युतिय चुल्हो वितरण गरिएको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार विद्युतीय चुलो वितरणका लागि लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरि सकिएको छ । कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र वाईरिङ भएका १ सय ६१ लाभग्राहीलाई पहिलो चरणमा चुल्हो वितरण गरिएको हो ।उहाँहरुले विद्युतिय चुल्हो वितरण कार्यक्रम आफ्नो पहिलो कार्यकालमै शुरु गर्नु भएको थियो भने दोस्रो कार्यकालमा पालिकाबासी सबैलाई विद्युतिय चुल्हो वितरण गर्ने कार्यक्रमलाई निरन्तता दिएको हो । पालिकाले पालिकाबासीको न्युनतम विद्युत महशुल समेत तिरिदिएको छ भने चुल्हो राख्नका लागी आर्थिक अवस्था कमजोर भएकाहरुको विद्युतिय क्षमता कम भएकाहरुलाई भोल्टेज तथा पावर वृद्धि गर्न समेत पालिकाले नै सहयोग गरेको थियो उहाँले भन्नू भयाे