कालिगण्डकी नदिमा नुहाउने क्रममा डुवी वेपत्ता भएकी १४ वर्षीय वालीकाको शव फेला परेको छ । रामपुर ८ भुजात स्थित कालिगण्डकी नदिमा नुहाउने क्रममा टोप बहादुर रामजालीको छोरी १४ वर्षकी पार्वती रामजाली डुबी बेपत्ता भएकी थिइन् । ईलाका प्रहरीकार्यालय रामपुरको टोली खटि खोजतलास गर्ने क्रममा रामपुर न.पा.८ आपँचौर स्थित डुबेको स्थान देखी अन्दाजी १ कि.मी. तल कालिगण्डकी नदीमा शव फेला परेको हो । शव पोष्ट मार्टमको लागी रामपुर अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।













