पदम गैरे जेष्ठ ३० पाल्पा
पाल्पाबाटै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)परिक्षा हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ३० गते देखि मोटरसाइकल र स्कुटि को सवारी चालक अनुमति पत्रको सम्पुर्ण सेवा सुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो ।
तानसेन ७ बतुंङमा रहेको सेवा कार्यालय बाट उक्त सेबा दिइने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ । 












