पाल्पाका ग्रामीण तथा सहरी क्षेत्रमा विद्युत आपुर्तिका कारण भएको समस्या सहीत जनस्तरको प्रतिनिधीत्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाले नेपाल विद्युत प्राधीकरण पाल्पा वितरण शाखा लाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र वुझाएको छ ।
पाल्पा जिल्लामा लोड सेडीङ्ग नएता पनि अघोषित विद्युत कटौतीले गर्दा पाल्पाली जनता मात्र नभइ पाल्पाली व्यवसायी तथा व्यापारी मारमा पर्दे आएका छन् । दैनिक १५ २० पटक लाइनजाने आउने गर्दा स्थानियमारमा परेको र उनीहरुको व्यापक गुनासो वढेको छ ।मंगलवार रास्वपाले प्रधिकरणमा गई पाल्पाली जनताको गुनासो समाधानकालागी शाखा प्रमुख समक्ष ज्ञापन पत्र वुझाइएको रास्वपाका जिल्ला सचिव सुमन गैरेले जानकारी दिनु भयो ।














