बासुदेव ढकाल
चैत २३,रामपुर पाल्पा
रामपुरका ब्यापारिहरुलाइ कर दाता शिक्षा तथा मिसम्याच सम्बन्धि शिक्षा दिने उद्देश्यले १ दिने अन्तरक्रिया कार्यक्रम बेझाडमा सम्पन्न भएको छ ।
करदाता सेवा कार्यालयपाल्पाको सहयोग र रामपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा रामपुरका उद्योगी , व्यापारी, व्यावसायिहरुको सहभागीता रहेको थियो । संघको सभाहलमा भएको कार्यक्रममा कर दाता सेवा कार्यालय पाल्पाका कर अधिकृत गिता पाण्डे,सुचना अधिकृत मेघनाथ कन्डेलले सहजीकरण गर्नु भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले स्वागत गर्दै करदाता र कारोवार मिसम्याचको कार्यक्रम राख्नुको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले सहजकर्ता तथा सहभागीलाई धन्यवादवाद दिनु भएको थियो । कार्यक्रम संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षता तथा संघका महा सचिव पुरुशोत्तम के सि को संचालनमा सम्पन्न भएको थियोे ।












