

चैत्र २, स्याङ्जा । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र कालिगण्डकी गाउँपालिकाको संयूक्त आयोजनामा बजार अनुगमन साथै व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार खाद्यान्य दिवसको अबसर पारि अनुगमनमा तिव्रता दिइएको छ, अनुगमनको क्रममा कालिगण्डकि गाउँपालिका वडा नं. ७ मिर्मि बजारमा पसल अनुगमन गरिएको थियो । मंहगि कालोबजारी तथा अखाद्य बस्तु, म्याद नाघेका बस्तुको बिक्रीवितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलार्इ निरन्तरता दिइए सँगै स्याङ्जाका विभिन्न बजारहरुमा अनुगम गरिरहेको थियो । अनुगमनका कारण बजार सुधार हुदै गएको सहायक प्र.जि.अ. नमिता रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार खाद्यान्न बिक्री पसल, मासु बिक्री पसल, औषधि बिक्री पसल गरि १२पसलमा अनुगमन गरिएको थियो अनुगमनमा ७४ हजार ४ सय ५० रुपैया बराबरको सामान जफत गरि नष्ट गरिएको हो ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन बिक्री गर्नुपर्ने र अनुगमन गरी सकेका पसलहरुमा फेरि पनि म्याद नाघेका सामानहरु फेला परेमा कानुन बमोजिम ५ हजार देखि ३ लाख सम्मको जरिवाना समेत लाग्ने कुरा उहाँले बताउनु भयो । गाउँपालिका भित्रका पसल तथा उद्योगहरु एक एक हप्तामा अनुगम गरिने पनि बताइयो । बुधबार गरिएको अनुगमनमा सहायक प्र.जि.अ. नमिता रेग्मी कालिगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डे, वडा नं ७ का अध्यक्ष ओम प्रकाश भट्टराई वडा सचिव राम प्रसाद न्यौपाने लगायत उद्योग वाणिज्य संघको टिम समेतले अनुगमन गरेको थियो ।