बुटवल फागुन २०, बुटवल ११ कालिकानगर सहयोगी टोल विकास संस्थाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको अध्यक्ष जानुका अर्याल र प्रमुख अतिथि बुटवल उपमहानगरपालिका का उप मेयर सावित्रा अर्यालको प्रमुख आतिध्यमा सम्पन्न भएको हो । यस्ता टोल संस्थाहरूको सर सल्लाह र सहयोग वाट नै नगरपालिका अगाडि वढेको छ र यस्ता टोल संस्थाहरले नगरपालिकालाई सहयाेग गर्नु पर्ने मा जोड़ दिनु भयो ।
कार्यक्रममा मन, मुटु रोग,मधुमेह र उच्च रक्तचापको बारेमा जानकारी तथा नियन्त्रण उपायका लागी जनचेतना मुलक कार्यक्रम भएको हो । जानुका अर्यालकोअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवलकी उप मेयर सावित्रा अर्याल,विशिष्ट अतिथि वडा अध्यक्ष ११ का अध्यक्ष रामचन्द्र क्षेत्री,माया दर्नाल, राम प्रसाद खनाल, बिमल घिमिरे, कौशिला खनाल, कृष्ण प्रसाद न्यौपाने, प्रशिक्षक डा. बिवेचना पन्थि, डा.लक्ष्मण कुमार दुवे लगायतले बोल्नु भएको थिए ।













