गीता भट्टराई
स्याङ्जा १७ फागुन
स्याङ्जाको कालिगण्डकि गाउँपालिका वडा नं. १ खुर्दिमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मातृभुमि सामुदायिक पुस्तकालय बिर्घा तथा शान्ति भोलेन्टियर एशोसियसन रिड नेपाल र पशु सेवा शाखा कालिगण्डकि गाउँपालिकाको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ६१ घर धुरिले पाल्दै आएका १ सय ३१ भैंसी , १ सय ६४ बाख्रा , ७८ बंगुर , ३७ कुखुरा गरि कुल ४ सय १० वटा पशु चौपायाको स्वास्थ्य परिक्षण गरि औषधि समेत वितरण गरिएको पशु प्रबिधिक छविलाल भट्टराईले जानकारी दिनु भयो ।
प्राबिधिकका अनुसार पशुहरुमा बाझोपना अत्यधिक बढेको पाइएको छ । ९१ पशु चौपायाको गोबर परिक्षण १ सय १३ को औषधि उपचार १ सय ६१ पशुको आन्तरिक तथा बाह्य पराजिबि र बाझोपनाको उपचार गरिएको थियो । कालिगण्डकि गाउँपालिकाको दुर्गम गाउँमा यसरी निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुदा गाउँ बासिले खुसि व्यक्त गर्दै पालिकालाइ धन्यवाद दिएका छन् ।













