फागुन १७,पाल्पा खिम क्षेत्री । प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । पाल्पा जिल्ला भित्रका च्याउ कृषकहरु मध्यका १५ जना पदाधिकारी सहितको जिल्ला कमिटि सदस्य गठन गरिएको हो । अध्यक्षमा उमनाथ घिमिरे, उपाध्यक्ष नैना क्षेत्री, सचिव तिलक तिमिल्सिना, कोषाध्यक्ष रिता पंगेनी, सदस्यहरु शेरबहादुर सोति, राम बहादुर, कुल बहादुर गाहा, धनिसरा पाँडे मगर, लक्ष्मी रायमाझी गरि हाल १०सदस्य कमिटी गठन भएको छ । सम्मेलनको आयोजना लुम्बिनी प्रदेश च्याउ उत्पादन किसान संघले गरेको हो । जिल्लामा च्याउ कृषकहरुको अवस्था, च्याउ उत्पादनको अवस्था के कस्तो छ, लगायत च्याउ उत्पादन परिमाणमा भएको हालको अवस्थालाई समेत प्रष्ट पारिएको थियो ।
सम्मेलनमा प्रमुख अतिथि नगर प्रवक्ता यादव सिंह कार्कीले तानसेन नगरपालिका भित्र रहेका च्याउ कृषकहरुलाई आगामी दिन मा थप कार्यक्रम ल्याउने बताए । कार्यक्रममा प्रदेशका च्याउ उत्पादक किसान संघका अध्यक्ष रिसव पोखरेल, च्याउ उत्पादक किसान संघका केन्द्रिय उपाध्यक्ष कृष्णराज पोखरेल, विशिष्ट अतिथि सन्तोष कार्की, कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी, प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना जोन इकाई प्रमुख दिपक भट्टराई,च्याउ उत्पादक किसान संघका केन्द्रिय सदस्य केशव कार्कि राष्ट्रिय न्युजका संचालक खेमराज पाण्डे र पाल्पा जिल्लाका सम्पूर्ण च्याउ कृषकहरुको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका च्याउ उत्पादन किसान संघका अध्यक्ष रिसव पोखरेलले च्याउ मानव शरिरका लागी अत्यावश्यक पौष्टिक तत्वको रुपमा रहेको र यसले शरिरका विकारयुक्त वस्तुहरुलाई हटाई शरिरमा शक्ति प्रदान गर्ने र यसको खेती कम लागतमा वढी आयआर्जन पनि गर्न सकिने बताउनु भयो । ७ प्रदेश मध्धे लुम्बिनी प्रदेश च्याउ उत्पादनमा अगाडि रहेको र लुम्बिनी प्रदेशको पनि पाल्पा जिल्लालाई च्याउको हबकै रुपमा परिचित भएको पोखरेलले बताउनु भयो । कार्यक्रममा च्याउ सम्बन्धि विभिन्न प्रस्तावहरु जस्तैः जिल्ला कार्य समिती गठन निर्वाचन मण्डल, च्याउ प्रचारप्रसार तथा प्रवन्धन, सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण जस्ता कुराहरु राखिएको थियो ।
देशव्यापी रुपमा नै च्याउकृषकहरु वढाई यसको व्यापारिकरण र अन्तराष्ट्रिय बजारमा यसको निर्यात गर्ने, जसबाट किसानहरुको अवस्थालाई सहयोग पुग्ने र देशकै आर्थिक अवस्था वढने भन्दै यसलाई सरकारी निकायबाट समेत अझ सहयोग गर्न पहल गर्ने कार्यक्रमका विशिष्ट अतिथि सन्तोष कार्कीले बताउनुभयो ।
जिल्लामा हालको च्याउ कृषकहरुको अवस्था, च्याउ उत्पादनको अवस्था लगायत उत्पादनमा वृद्धि सँगै कृषकहरुको जिवनस्तरमा सुधार कसरि गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना जोन इकाईका प्रमुख दिपक भट्टराईले वताउनु भयो । त्यस्तै कृषि ज्ञान केन्द्र पाल्पाको कार्यालय प्रमुख कामना अधिकारीले च्याउ मानव शरिरका लागी अत्यावश्यक पौष्टिक तत्वको रुपमा रहेको र किसानहरुलाई च्याउ खेति बाट आत्मनिर्भर गराउन पनि थप सहयोग र पहल कार्यालयबाट गर्ने पनि बताउनु भयो । कार्यक्रमको संचालन सन्तोष पिर्तीले गर्नु भएको थियो । कार्यक्रम कृषि ज्ञान केन्द्र पाल्पाको सभाहलमा भएको थियो ।














