फागुन १०, अर्घाखाँची । देउराली यातायात प्राली अर्घाखाँचीले फागुन १३ गते शनिवारका दिन एक दिने निःशुल्क स्वास्थ्य परिक्षणको आयोजना गर्ने भएको छ । प्रा.लिले शिविर विशेषज्ञता सेवा सहित स्वास्थ्य सम्बन्धि विभिन्न सेवा दिने अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी दिनु भएको हो । गरिब दुःखीलाई प्रत्यक्ष प्रभाव पर्ने गरि सेवा दिन लागिएको समितिको निवर्तमान अध्यक्ष योगेन्द्र खड्काले बताउनु भयो । सबैको साथ सहयोग बाट शिविर उपलब्धिमूलक बनाउने सदस्य नारायण खड्काले बताउनु भयो । प्रा.लिको कार्यालयमा आज पत्रकार सम्मेलन गरि शिविरमा दिने सेवा सुविधाहरुको बारेमा जानकारी दिएको छ ।













