पाल्पा, ६ माघ ।
तानसेन वडा नं ७ प्रभासले कृषकहरुको लागि आधुनिक कृषि प्रवद्र्धन सहयोगकोलागी हाते ट्याक्टर वितरण गरेको छ ।
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजिकरण र तानसेन नगरपालिकाको समन्वयमा १२ जना कृषकको लागि बर्तुङ्ग बहुउद्धेशिय सहकारी संस्था लि.मा आवद्ध वडा भित्रका कृषकहरुकोलागी १२ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तगर्त शुक्रवार एक कार्यक्रमका बिच तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठद्वारा हस्तान्तरण गरिएको हो ।
ट्याक्टर वितरण गर्दे श्रेष्ठले कृषकहरुलाई ट्याक्टरको सहि सदुपयोग गर्न र यसबाट उचित लाभ लिन सुझाव दिनु भयो । तानसेनको धेरै जसो वडावासीहरु कृषि पेशामा सलग्न रहेको कारण पनि नगरपालिकाले कृषीलाई आधुनिकीकरण तर्फ लैजानको निमित्त विभिन्न कृषि औजारहरु वितरण गर्दे आएको पनि श्रेष्ठले वताउनु भयो ।
कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष प्रदिप खनालले वडामा ३५ वटा ट्याक्टर माग भए अनुसार वडाको समन्वयमा अहिले १२ जना कृषकलाई क्षेत्रगत हिसाबले १२ वटा ट्याक्टर मात्र वितरण गरेको बताउनु भयो । आगामी दिनमा अन्य कृषकहरुलाई पनि आवश्यक्ताको आधारमा प्राथमिक्तमा राखी यसरी नै ट्याक्टर वितरण गरिने वताउनु भयो ।
ट्याक्टर प्राप्त गर्नु भएको कृषकहरुले ट्याक्टरको सहि सधुपयोग गरि कृषिलाई आर्थिक पाटो सगं जोड्नु हुने छ भन्ने विश्वास राखेको समेत वताउनु भयो ।
वडा नं ७ नयाँगाउँ निवासी कृषक चन्द्र बहादुर खन्गाहा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाउदा आफु खुशी भएको वताउनु हुन्छ । सधै भरि हलगोरुले जोत्नु पर्ने वाध्यता अव ट्याक्टर लिए सगै हट्ने खन्गाहाको भनाई छ ।
वडा अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ,विशिष्ट अतिथि तानसेन वडा नं १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल लगाएत विभिन्न अतिथिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन रेडा पाल्पाकि सामाजिक सहज कर्ता मिना कुवंरले गर्नु भएको थियो ।














