६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,
कार्वबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए ।हिजभएको सभामुखको निर्वाचनमा घिमिरेलाइ सभामुख गराइयोस भन्ने प्रस्तावको पक्षमा १६७ मत सहित सभामुखका लागि निर्वाचित भएका थिए। शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।
संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।
« बुटवल । ८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ ।













