पाल्पा, २८ पौष
पाल्पामा बसले ठक्कर दिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.१२ की ७७ वर्षीया पुतली विश्वकर्मा रहेको प्रहरीले जनाएको हो ।
बिहीबार दिउँसो साढे १ बजे गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ८३६१ नं. को बस बाट झरेर घरतर्फ जाने क्रममा सोही बसले नैठक्कर दिएपछि गम्भीर घाइते भएकी विकलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको हो।
दुर्घटना लुहुङ्ग अर्गली भित्रि सडक खण्डमा भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार ३० वर्षिया खिम वहादुर बि.क चालक र बसलाई नियन्त्रणमा लिइएको छ ।














