पाल्पा,
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
प्रियंकाले गत मंसिर १७ गते आफ्ना श्रीमान थापालाई पटक–पटक विवाद पश्चात ज्यान मार्ने उद्देश्यले पेटमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाएको सूचना पाउन साथ वारदात स्थानमा गएको जिल्ला प्रहरी कार्यालको प्रहरी टोली सो स्थानमा पुग्दा श्रीमति प्रिंयका फरार रहेकी थिइन् ।
अनुसन्धानको क्रममा प्रहरीले उक्त चक्कु सहित उनलाई पुस २६ गते फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













