पाल्पा, २७ पौष
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले मादक पदार्थ सेवन (मा.प.से)चेकजांच कडाईका साथ सुरु गरेको छ । बुधवार साझ तानसेनको प्रभास चोक र रामपुरमा मा.प.से चेकजाच गर्ने क्रममा साना तथा ठुला सवारी साधनका ८ जना चालक कारबाहीमा परेका छन् । कारवाहीमा परेका सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को मा.प.से. बर्खिलाप अन्र्तगत पहिलो पटक रु १ हजार जरिवाना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.ना.नि. दामोदर मल्लले जानकारी दिनु भयो । कारवाहीमा परेका सावारी साधनलाई अर्को चालक बोलाउन लगाएर मात्र सवारी जिम्मा लगाइको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । केही दिन अगीमात्र मादक प्रदाथ सेवन गरी सवारी चलाउदा पाल्पाको खुर्सानेमा बस र्दुघटना भई ६ जनाले अकालमा ज्यान गुमाउनु परेको थियो ।
कोराना भित्रीए संगै जिल्लामा मा.प.से.चेकजाँचमा कमी आएको थियो भने अव देखी यसलाई नियमीत रुपमा कडाईका साथ लागु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख मल्लले वताउनु भयो ।
मा.प.से.नियमीत चेकजाचले र्दुघटना न्युनिकरणमा टेवा पुग्नुको साथै यात्रुहरुपनि भयरहित वातावरणमा यात्रा गर्न पाउने मल्ल वताउनु हुन्छ ।













