वुटवल २७ पौष
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा नियुक्त गरेका छन् ।
नेपालको संबिधानको धारा १६८ (२) बमोजिम गिरी मुख्य मन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाइएको छ । कुनै एक दलको बहुमत नपुगेको लुम्बिनी प्रदेशसभामा दुई वा दुई भन्दा बढी दलका सभा सदस्यहरुको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।
गिरीलाई एमालेसहित ५८ प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । सत्ता साभेदार दलको प्रदेश स्तरिय नेता सहित गिरी मध्यान्ह १२ बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्न पुगेका थिए । प्रदेश प्रमुखले आज ४ बजे भित्र दाबी पेश गर्न समय दिएका थिए। नव नियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण बिहिबार प्रदेशसभा भवन अगाडि देउखुरी उपत्यकामा हुने बताइएको छ ।














