पाल्पा –रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस बिहीबार राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको ज्यान गएको हो । दुर्घटनामा खुर्साने गाउँका ५४ वर्षीय खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया घिमिरे, २१ वर्षीया दान कुमारी खत्री र ४० वर्षीया गुना कुमारी गाहा, १९ वर्षीया विमा पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक सबै खुर्साने गाउँका रहेका छन् ।
बस सडकबाट करिब १ सय मिटर तल भिरमा खसेको थियो ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले चालक सहित १८ जना घाइतेको उद्धार गरि एडमन सिटी हस्पिटल जितगढी र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला पैहरी कार्यालय पाल्पाले जनाएको छ । घटना के कती कारणले भएको अहिले सम्म जानकारीमा नआएको र घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डि.एस.पी. बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार मृतक र घाईतेहरुको नामावली यसप्रकार रहेको छ ः














