विजयकुमार बौडेल -
२० पौष – बगनासकाली गाउँपालिकाले चालु आर्थिक बर्षमा १० वटा कार्यविधि निर्माण गरि स्विकृत गरेको छ ।
बगनासकाली गाउँपालिकाले चालु आर्थिक बर्षमा ३ वटा बैठकमार्फत छलफल गरि दश वटा कार्यविधि स्विकृत गरेको हो । बगनासकाली गाउँसभाको तेह्रौं अधिवेशनका अवसरमा विधेयक समितिकी संयोजक उमकला अर्यालले दश वटा महत्वपुर्ण कार्यविधि स्विकृत गरेको जानकारी दिनुभयो ।
समितिले आर्थिक सहायता तथा राहत वितरण सम्बन्धी कार्यविधि, अशक्त अपांग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि, आदिवासी जनजाती समन्वय समिति गठन तथा परिचालन कार्यविधि, जेष्ठ जानगरिक कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि, दलित वर्ग समन्वय समिति गठन तथा परिचालन कार्यविधि निर्माण गरेको हो ।
त्यस्तै समितिले महिला समन्वय समिति गठन तथा परिचालन कार्यविधि, यूवा तथा खेलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि, अनुदानमा आधारित पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन कार्यविधि, कर्मचारी कल्याणकोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि र विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ स्विकृत गरेको गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले जानकारी दिनुभयो ।
समितिकी संयोजक अर्यालले कानुन निर्माणको सन्दर्भमा समितिलाई कुनै तालिम प्राप्त नभएको हुँदा अपेक्षित कार्य गर्न नसकिएको भन्दै आगामी दिनमा कानुन निर्माण तथा परिमार्जनमा समिति सदैव सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।













